राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक व्यवस्थापिका संसदद्धारा पारित

काठमाडौँ, २४ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित भएको छ । व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकले प्रतिष्ठान सम्वन्धी विधेयक पास गरेको हो ।

पारित विधेयक अव राष्ट्रपतिकहाँ पठाउने र त्यहाँबाट प्रमाणिकरण भएपछि राजपत्रमा प्रकाशित हुनेछ । राजपत्रमा प्रकाशित भएपछि सो विधेयक नै ऐनको रुपमा आउनेछ ।

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले लगेको प्रस्तावलाई गत २ असोजको मन्त्रिपरिषद बैठकले पारित गर्दै संसदमा पठाएको थियो । सोही विधेयक आज पारित भएको हो ।

राप्ती उपक्षेत्रीय अस्पताल दाङलाई प्रतिष्ठानमा परिणत भएपछि विद्यार्थी अध्यापन गराउन पाउने कुल सिटसंख्याको ५० प्रतिशत कोटा विपन्नका लागि निशुल्क छात्रबृत्ति दिइने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *