साठी वर्ष माथिका ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच

8
Shares

स्याङ्जा, १६ असोज । स्याङ्जाको आँधीखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ ।

“साठी वर्ष भन्दामाथिका उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिई गाउँपालिकाले पाइलट प्लान कोरुपमा हाल वडा नं. ६ मा गाउँघर क्लिनिक सञ्चालन गरेको छ” गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले भने, “हाल एउटा मात्रै वडामा सञ्चालन भएको यो अभियानलाई विस्तारै अरु वडामा पनि विस्तार गर्दै लगिने सोंच बनाएका छौँ ।”

गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको समन्वयमा प्रत्येक महिना वडा. ६ मा रहेका करिब चार सय ज्येष्ठ नागरिकको घरघरमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गर्नुका साथै सामान्य औषधि पनि निःशुल्क वितरण गर्ने गरेको छ ।

ज्येष्ठ नागरिकमा अलिबढी स्वास्थ्य समस्या देखिने र उहाँहरु स्वास्थ्यचौकीसम्म पुग्न पनि समस्या हुने भएकाले स्वास्थ्यकर्मीको टोलीलाई ज्येष्ठ नागरिकको घरमै लगेर स्वास्थ्य परीक्षण तथा परामर्श दिँदै आएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *