चिकित्सकलाई अस्पताल बन्द गर्ने कार्यक्रम फिर्ता लिन स्वास्थ्यमन्त्रीको आग्रह

132
Shares

काठमाडौँ, १० असोज । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकले उठाएका सबै माग पुरा हुने दिशामा रहेको  भन्दै अस्पताल बन्द गर्ने आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।

उनले आफू नहुँदा गरिएको मन्त्रिपरिषदको निर्णयलाई चिकित्सकहरुकै सहमतिमा फिर्ता लिने दिशामा कार्य अघि बढिरहेको भन्दै दशैको मुखमा बन्द फिर्ता लिएर सहयोग गर्न आग्रह गरेका हुन् ।

तर चिकित्सकहरुले आन्दोलन फिर्ता लिने कुनै छाट देखाएका छैनन् । स्वास्थ्य मन्त्रीको अभिव्यक्ति पछि नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्तीमा अस्पताल तथा स्वास्थ्य संस्था बन्द गर्ने आन्दोलन यथावत रहेको जनाइएको छ ।

स्वास्थ्य मन्त्री पोखरेलले मन्त्रिपरिषदको निर्णय प्रधानमन्त्री आएपछि फिर्ता लिने र सो सम्वन्धी विश्वास दिलाउन सरकारले चिकित्सकहरुलाई पत्र समेत पठाइसकेको भन्दै जनताको स्वास्थ्य सेवा पाउने अधिकारको सम्मान गर्न चिकित्सकलाई आग्रह गरे ।

स्वास्थ्य मन्त्रीमा नियुक्त भएको दुई महिना पुगेको अवसरमा गरिएको भनिएको पत्रकार सम्मेलनमा हिजो सम्पन्न राष्ट्रिय समिक्षा गोष्ठी, यसअवधीमा स्वास्थ्यमा भएका कार्यका बारेमा जानकारी दिएका थिए । उनले यसपटक नयाँ ढगबाट गरिएको समिक्षामा समय र खर्चको बचत भएको दावी गरे ।

‘गतवर्षसम्म यो राष्ट्रिय समिक्षा गोष्ठीमै करीब ४५ दिन जान्थ्यो, यसपटक हामीले ६ दिनमै सकेका छौँ । र गोष्ठीमै खर्च हुने करीब २ करोड रकम समेत बचत गरेका छौँ,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *