‘चिकित्सकलाई क्षतिपूर्ति तिराउने’ विषयमा भएको भनिएको निर्णय यस्तो रहेछ

1.3k
Shares

काठमाडौँ, ६ असोज । क्षतिपूर्ति पुर्ती तिराउने मन्त्रिपरिषदको निर्णयविरुद्ध देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका बेला स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक भएको छ ।

नेपाली हेल्थलाई प्राप्त निर्णय कपीमा गत २ असोजको मन्त्रिपरिषद बैठकले ‘चिकित्सकको चरम लापरबाहीको कारणले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान गर्न, पेशागत व्यवसायिक विमा र क्षतिपूर्ति लगायतका आवश्यक विषयहरुलाई व्यवस्थित गर्न मन्त्रालयलाई निर्देशन दिने’ भनिएको छ ।

यसअघि स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले सरकारको निर्णयमा क्षतिपूर्ति तिर्नुपर्ने विषय नभएको बताइसकेका थिए ।

चिकित्सकहरुले भने मन्त्रिपरिषदले निर्णय सच्याएको जानकारी नआएसम्म आज देखि देशव्यापी रुपमा अस्पताल बन्द गरी विरोधमा उत्रिने घोषणा गरिसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *