स्वास्थ्यको बार्षिक समिक्षा गोष्ठी आजबाट राजधानीमा

144
Shares

काठमाडौँ, ४ असोज । स्वास्थ्य मन्त्रालयको बार्षिक समिक्षा आजबाट शुरु हुँदैछ । त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा हुने कार्यक्रममा जिल्ला क्षेत्र तथा केन्द्रका गरी साढे तीन सय बढी प्रतिनिधीको सहभागिता हुनेछ ।

बार्षिक समिक्षा कार्यक्रमका संयोजक रहेका स्वास्थ्य सेवा विभागका उप महानिर्देशक चुडामणी भण्डारीका अनुसार आज र भोली दुई दिनसम्म प्रदेशस्तरीय समिक्षा चल्नेछ । त्यसपछि ८ गतेसम्म राष्ट्रिय स्तरमा समिक्षा हुनेछ । ९ गते भने नयाँ कार्यक्रमको लागि ओरिन्टेशन गर्ने कार्यक्रम रहेको भण्डारीले बताए ।

कार्यक्रममा भाग लिन ७५ वटै जिल्लाबाट जिल्ला स्वास्थ्य प्रमुख, जनस्वास्थ्य प्रमुख, क्षेत्रीय स्वास्थ्यका प्रमुख, ५० बेड माथिका अस्पतालका प्रमुखहरु, केन्द्रीय अस्पताल, विभाग तथा मन्त्रालयका प्रमुखहरुको सहभागिता रहने उनले जानकारी दिए ।

अघिल्लो बर्षसम्म पाँच विकास क्षेत्रमा गएर गरिने समिक्षा गोष्टी यसपटक प्रदेशस्तरीय गरिदैछ । तर सबै प्रदेशको समिक्षा राजधानीमा गरिदैछ ।
‘अघिल्लो बर्षसम्म करीब डेढ महिना समिक्षाले लिने गर्दथ्यो । हामीले यसपटक त्यसलाई परिमार्जन गरेका हौँ । छोटो समयमा प्रभावकारी बनाउन यसपटक सबैलाई केन्द्रमा बोलाएर समिक्षा गर्न खोजेका हौँ । यसले समय र खर्च दुबैको बचत पनि हुने भो,’ उप महानिर्देशक भण्डारीले भने ।

यसअघि मन्त्रालयले प्रदेशस्तरमा केन्द्रबाट छुट्टा छुट्टै टोलि खटाएर प्रि रिभ्यु गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *