सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय बन्दै

52
Shares

पोखरा, ३ असोज । कास्कीमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारद्वारा सञ्चालित बीमा कार्यक्रममा आजसम्म ४२ हजार ५०० जनाले नाम दर्ता गरेका सामाजिक स्वास्थ्य बीमा सुरक्षा विकास समितिका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए।

विसं २०७३ पुस १२ गतेबाट सञ्चालन भएको बीमा कार्यक्रमबाट रु दुई करोड संकलन भएको छ भने १४ हजार ५०० जनाले अस्पतालबाट सेवा लिएका छन् । अस्पतालबाट सेवाबापत सेवा प्रदायक संस्थालाई रु एक करोड २५ हजार भुक्तानी गरिएको छ ।

सेवा प्रदायक अस्पतालमा दुई निजी र आठ सरकारी छन् । गण्डकी मेडिकल कलेज र मनिपाल शिक्षण अस्पताल निजी अस्पताल छन् भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृ शिशु मितेरी अस्पताल तथा अर्मला, भेडाबारी, थुम्सीकोट र कृस्ती स्वास्थ्य चौकी रहेका छन् ।

स्वास्थ्य बीमा दर्ता गर्नेमा जिल्लाको कूल जनसंख्याको नौ प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा दर्ता गर्नेको संख्या असार मसान्तसम्म २५ प्रतिशत पु¥याउने लक्ष्य रहेको भट्टराईले बताए। बीमा दर्ता प्रक्रिया नियमितरुपमा सञ्चालन भइरहेको छ भने दर्ता सहयोगीका रुपमा ११२ जनालाई खटाइएको छ । स्थानीय तहको नयाँ संरचनाअनुसार दर्ता सहयोगीको संख्या बढाएर १३० पु¥याइने उहाँले बताउनुभयो । सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको ५३० प्रकारका औषधिलाई वृद्धि गरी ९२८ पु¥याइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *