सरकारलाई निर्णय फिर्ता लिन चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

काठमाडौँ, २ असोज । लापरबाहीपूर्वक उपचार गरि विरामीको ज्यान गए क्षतिपूर्ति सम्वन्धित चिकित्सकबाटै भराउने व्यवस्था भएको कानून बनाउने मन्त्रिपरिषदको निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघले ७२ घण्टाको अल्टिमेटम दिएको छ । सो अवधीमा निर्णय फिर्ता नलिए देशभरका स्वास्थ्य संस्था पूर्ण रुपमा बन्द गरी आन्दोलनमा उत्रिने जनाएको छ ।

अस्पतालमा चिकित्सकको लापरबाही गरेर ज्यान गएको भन्ने उजुरी बढदै गएपछि सरकारले त्यसको न्युनिकरणका लागि लापरबाही भए क्षतिपूर्ति चिकित्सकले तिर्नुपर्ने कानून बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ र नियमावली २०६९मा उपचारको क्रममा लापरबाही भई विरामीको मृत्यु भएको खण्डमा बैज्ञानिक ढगबाट अनुसन्धान भई लापरबाही गरिएको ठहरिएमा उक्त ऐनमा उल्लेखित समन्वय समितिले क्षतिपूर्ति भराईदिने कुरा स्पष्ट छ । तर आजको मन्त्रिपरिषदको बैठकले त्यसको मर्म र भावना विपरित र सम्पूर्ण चिकित्सकको मान मर्दन गर्ने गरी निर्णय भएको छ,’  भनिएको छ ।

हेरौँ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *