‘अर्वुद रोग पत्रकारिता पदक’ ढुंगेललाई

120
Shares

काठमाडौँ १ असोज । पत्रकारिताको माध्यमबाट क्यान्सर रोग रोकथाममा सहयोग पुरयाएको भन्दै नेपाल अर्वुद रोग निवारण संस्थाले गोरखापत्रका समाचारदाता सरोज ढुंगेललाई सम्मान गरेको छ ।

राजधानीमा शनिबार आयोजित संस्थाको ३५ औ वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार ढुङ्गेललाई अर्बुद रोग पत्रकारिता पदकद्धारा सम्मान गरेका हुन् ।
नेपाल अर्वुद रोग निवारण संस्थाका महासचिव विमल कुमार होडाले क्यान्सर रोग नियन्त्रणमा पत्रकारिताको माध्यमबाट जनचेतना फैलाउने काम गरेको भन्दै ढुंङ्गेललाई सम्मान गरिएको बताए ।
पदक पाएपछि ढुंगेलले क्यान्सर रोग रोकथामका लागि थप क्रियाशिल हुन जिम्मेबारी बढेको प्रतिक्रिया दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *