दुई दिन देखि बन्द ओम अस्पतालको ओपिडी सञ्चालनमा

काठमाडौँ, ३० भदौ । कमला भट्टराईको मृत्यु पछि बन्द भएको ओम अस्पतालको ओपिडी सेवा सञ्चालन आएको छ । मृतकका आफन्त र अस्पताल प्रशासन बीच हिजो राती सहमति पछि आज विहानैबाट ओपिडी सञ्चालन भएको हो ।

मृतकका परिबारलाई २५ लाख रुपैयाँ उपलव्ध गराउने र लागेको उपचार खर्च नलिने सहमति भएको थियो ।  सहमति पछि मृतकका परिबारले हिजो नै सब बुझेर दाह संस्कार गरिसकेका छन् ।

अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले आज विहानै देखि ओपिडी सेवा पूर्ववत रुपमा सञ्चालनमा आएको बताए ।
उनले सरकारले गठन गरेको उच्चस्तरीय छानवीन टोलीले दिने रिपोर्ट थप कदमअघि बढाउने सहमति भएको बताए । उनले क्षतिपूर्ति दिइ नसकेको बताए ।

यता पिडीत पक्षबाट बार्तामा बार्तामा सहभागी नेपाल कर्मचारी युनियनका पूर्व उपाध्यक्ष गोपाल पोखरेलले मृतकका परिबारलाई २५ लाख तिर्ने र अस्पताले उपचार खर्च नलिने सहमति पछि हिजो राती सब बुझेको बताएका छन् ।

नाकमा समस्या भई गत शनिबार सल्यक्रिया गराएकी भट्टराईको गत बुधबार ज्यान गएको थियो । मृतकका आफन्तले चिकित्सकको लापरवाही भएको आरोप लगाएका थिए ।

अस्पतालले भने सेप्टीसेमिया भई ज्यान गएको बताएको थियो । घटनाले उग्र रुप लिएपछि स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा छानवीन समिति गठन गरेको थियो । सो समितिले काम जारी राखेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *