नेपाल मेडिकल काउन्सिलको निर्वाचन उपत्यकामा शुरु

काठमाडौँ, २९ भदौ । नेपाल मेडिकल काउन्सिलको २०७४ /२०७८ कार्यकालका लागि एक उपाध्यक्ष र ८ सदस्य छनौट गर्न दोस्रो चरणको निर्वाचन आज देखि उपत्यकामा शुरु भएको छ । आगामी ३१ गतेसम्म चल्ने निर्वाचन हरेक दिन विहान १० बजे देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।

काउन्सिल निर्वाचन समितिका अनुसार मतदानका लागि तोकिएको परिचय पत्र वा प्रमाणपत्रहरुमध्ये एकको सक्कलै प्रति लिएर जानुपर्नेछ ।
निर्वाचन समितिले नेपाल पुलिस क्लव प्रदर्शनीमार्ग र स्थानीय प्रशिक्षण प्रतिष्ठान जाउलाखेल उपत्यकाका लागि मतदान केन्द्र तोकेको छ ।

निर्वाचनमा नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त सबै चिकित्सकले भाग लिन सक्नेछन् । काउन्सिलबाट अहिले करीब २० हजार चिकित्सकले लाइसेन्स लिएका छन् ।

यसपटकको निर्वाचनमा उपाध्यक्षमा ३ र सदस्यमा २४ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारहरु यसप्रकार छन् :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *