बिरामीको मृत्युपछि ओम अस्पतालको ओपिडी अनिश्चितकालिन बन्द

228
Shares

काठमाडौँ, २९ भदौ । बिरामीको मृत्यु पछि हिजोदेखि तनावग्रस्त ओम अस्पतालले आफ्नो ओपीडी सेवा बन्द गरेको छ । अस्पतालले बुधबार बेलुका विज्ञप्ती जारी गर्दै विहीबारबाट अर्को सूचना नआएसम्मका लागि ओपिडी सेवा बन्द गरेको जानकारी दिएको छ ।

नाकको शल्यक्रिया गर्न गत शुक्रबार ओम अस्पताल पुगेकी गुल्मी मदाने ४ की स्थायी घर भई रुपन्देही शंकरनगर बस्ने ४० बर्षिय कमला भट्टराईको ज्यान गएपछि आफन्तहरुले हिजो देखि विरोध प्रदर्शन गरेका थिए । उनीहरुले चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै हिजो रातीसम्म चिकित्सक तथा अस्पतालविरुद्ध नाराबाजी गरेका थिए ।

अस्पतालले भने अस्पताल तथा चिकित्सकको लापरबाही नभएको दावी गर्दै आएको छ । यसैबीच स्वास्थ्य मन्त्रालयबाट गठित बार्ता टोलीले आजबाट काम शुरु गर्ने भएको छ । टोलीले आज दिउसो २ बजे मृतक परिबार र अस्पताल प्रशासनबीच बार्ता गर्ने तयारी गरेको छ । सरकारी टोलीका एक सदस्य डा विकास देवकोटाले दिउसो २ बजे बार्ता भएपछि थप अनुसन्धान अघि बढाउने बताए ।

मृतक कमला रुपन्देहीस्थित शंकननगर स्वास्थ्य चौकीमा सअहेव पदमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *