हेल्थ असिस्टेन्ट संघद्वारा स्वास्थ्य सचिवलाई ज्ञापनपत्र

0
Shares

काठमाडौँ,२७ भदौ । सरकारले स्थानीय निकायमा स्वास्थ्य संस्थाको संयोजक सहायक कर्मचारी पदीय रुपमा कनिष्ट कर्मचारीलाई बनाई पठाएको विरोधमा हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्य सचिवलाई ज्ञापनपत्र बुझाएको छ ।

स्वास्थ्य सचिव डा किरण रेग्मीलाई आज स्वास्थ्य मन्त्रालयमा भेटी संघमा गाउँ, नगर, उपमहानगर तथा महानगरपालिका स्वास्थ्य संयोजक तथा अन्य कर्मचारी खटाउँदा सेवा प्रवेश गर्दाको पद, तह, सेवा प्रवेश गर्न चाहिने न्यूनतम् शैक्षिक योग्यताजस्ता मूलभूत विषयलाई ख्याल गरिनुपर्ने माग गरिएको छ ।

ज्ञापनपज्ञ बुझ्दै सचिव रेग्मीले कर्मचारी खटाउने क्रममा नमिलेको विषय पुनः समायोजन गर्ने बताएकी छन्। हेल्थ असिस्टेन्ट संघ नेपालका कावा अध्यक्ष दीर्घबहादुर बोगटीले मन्त्रालयको यस्तो निर्णयले माथिल्लो तहबाट सेवा प्रवेश गरेका कर्मचारीको मनोबलमा गिरावट आएको र यसरी खटाएको कर्मचारीबाट गर्नुपर्ने व्यवस्थापकीय कमजोरी भएको बताए ।

संघले स्थानीय निकाय स्वास्थ्य सेवाका कर्मचारी काजमा खटाउँदा संयोजक छनोट गर्दाको जस्तै सहायक कर्मचारीको पनि छनोटका आधार तोकिनुपर्ने मागसमेत राखेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *