उदयपुरमा सुत्केरी हुँन नसकी गर्भवती महिलाको मृत्यु

112
Shares

सुखिलाल चौधरी/ उदयपुर, २६ भदौ । उदयपुरमा सुत्केरी हुन नसकी एक गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ की ३८ वर्षीया रामकुमारी दनुवारको सोमबार विहान ९ बजे जिल्ला अस्पतल उदयपुरमा मृत्यु भएको हो ।

प्रहरी जवान गंगा दनुवारका श्रीमती राम कुमारी दनुवारलाई व्यथाले च्यापेर आइतबार राती ९ बजे जिल्ला अस्पता उदयपुर ल्याइएको थियो । उनको सामान्य प्रसूति गराउने क्रममा सोमबार विहान ९ बजे ज्यान गएको जिल्ला अस्पताल उदयपुरमा खटिएका प्रहरी हवल्दार सुरेन्द्र लम्सालले बताए ।

प्रसूति गराउन नर्मल टेवुलमा लगेर बल गराउने क्रममा बेहोस (सक)मा भएपछि नब्युतिएको अस्पतालका निमित्त प्रमुख डा. फडिन्द्र बरालले बताए । उनले सुत्केरी हुन बल गर्ने क्रममा एक्कासी बान्ता भएको र श्वास नलीमा केही टुक्रा गएर सकमा पुगेको बताए । दनुवारका ३ जना छोरीहरु रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *