डा. केसीद्धारा पूर्वघोषित अनसनका कार्यक्रम स्थगित

148
Shares

काठमाडौँ, २१ भदौ ।डा. गोविन्द केसीले आजबाट बस्ने भनेको १२ अनसन स्थगित गरेका छन् । काठमाडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन खारेजी भएको र चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमबाट खोसिएको अधिकार त्रिभुवन विश्वविद्यालयले फिर्ता हुने भएपछि अनसन स्थगित गरेका हुन् ।

यसअघि त्रिवि कार्यकारी परिषदले काठमाडौँ मेडिकल कलेजका नाममा दिएको सम्वन्धन खारेज गर्ने निर्णय गरेको थियो । आजै त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले खोसिएका अधिकार फिर्ता गर्ने प्रतिवद्धता सहितको पत्र पठाएका थिए ।

तराईमा आएको बाढीका कारण अघिल्लो अनसन २३ दिनमा स्थगित गरेका डा केसीले आजबाट पुन अनसन बस्ने घोषणा गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *