पाँच करोडको लागतमा आँखा अस्पताल भवन बन्दै

दाङ, २१ भदौ । राप्ती आँखा अस्पतालमा रु पाँच करोडको लागतमा आधुनिक सुविधा सम्पन्न बहिरङ भवन निर्माण हुने भएको छ ।
सांसद वुद्धिराम भण्डारी र समाजसेवी दातानारायण आचार्यले आज यहाँ आयोजित कार्यक्रममा भवनको शिलान्यास गरेको हो ।
कार्यक्रममा समाजसेवी प्रकाश आचार्यले सो भवनका लागि रु पाँच लाख सहयोग गरे।
त्यस्तै सांसद वुद्धिराम भण्डारीले सांसद विकाश कोषबाट रु २० लाख सहयोग उपलल्ध गराउनु भएको छ भने बाँकी रकम अन्य दातृ निकायबाट सहयोग र अस्पतालको कोषबाट व्यहोरिने छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



