स्वास्थ्य मन्त्रालयका पाँच उपसचिव सहित ६ जनाको सरुवा
काठमाडौँ, १७ भदौ । स्वास्थ्य मन्त्रालयका पाँच उपसचिव र एक शाखा अधिकृतको सरुवा भएको छ ।
सामान्य प्रशासन मन्त्रालयले गत १२ साउनमा भएको निर्णय भन्दै पाँच जना उपसचिवलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा कामकाज गर्ने गरी सरुवा गरेको छ ।
त्यस्तै १४ भदौको निर्णय भन्दै स्वास्थ्यकै अर्का एक जना शाखा अधिकृतलाई समेत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको छ ।
सरुवा हुने उपसचिवहरुमा राजकपुर चम्लागाई, राजीव पोखरेल, भवनाथ खतिवडा, रामकृष्ण लामिछाने र बाबुराम लामिछाने छन् । यस्तै शाखा अधिकृत भूमिश्वर ढकाललाई पनि स्वास्थ्यबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



