छ महिना देखि अलपत्र रत्नेदेवीको धुर्मुसले गरे उद्धार पछि उपचार

0
Shares
रत्नेदेवीको स्वास्थ्य अवस्था बुझ्दै धुर्मुस

काठमाडौँ, ११ भदौ । बाढी पीडितका लागि उद्धार तथा राहत गर्न तराई झरेका हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले उपचार नपाई ६ महिना देखि छट्पटिएकी एक महिलाको उद्धार गरेका छन् । सर्लाही लालबन्दीस्थित बेतनी माझी बस्तीमा छ महिना अघि आगलागीमा परेकी रत्ने देबी माझीको उद्धार गरेका हुन् ।

गत भदौ १ मा सो बस्तीमा पुगेका धुर्मुसले आगलागिमा खुट्टा पोलिएको तर आर्थिक अभावका कारण उपचार नै नगरी थला परेर बसेको अवस्थामा रत्नेदेवीलाई भेट्टाएका थिए । उनको खुट्टा कुहिएको थियो ।

‘हामीले तत्काल उद्धार गरी बर्दिबासस्थित जनसेवा हस्पिटल भर्ना गरयौँ,’ धुर्मुसले भने, ‘अहिले हस्पिटलले रत्नेदेवीको अवस्थामा क्रमिक सुधार आएको बताएको छ ।’

धुर्मुसले घाउ ओभानो भई सकेपछि खाल्टो परेको भागमा अन्य भागको मासु काटेर हाल्नुपर्ने र हातको औला खुलाउन प्लास्टिक सर्जरी गर्नुपर्ने बताए । उनले त्यसका लागि आफूले आवश्यक सहयोग गरिरहेको जानकारी दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *