श्रीलङ्काली राष्ट्रपतिद्वारा औषधिको अबैध कारोबार नियन्त्रण गर्न निर्देशन

0
Shares

कोलोम्वो ९ भदौ । श्रीलङ्काली राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार कानून कार्यान्वयनका लागि अख्तियारप्राप्त अधिकारीका प्रमुखलाई मुलुकमा व्याप्त रहेका भनिएको औषधिको अवैध कारोबार नियन्त्रणमा ल्याउन विशेष कार्ययोजना र कडा उपाय अवलम्बन गर्न निर्देशन दिएका छन् ।

राष्ट्रपतिका सञ्चार विभागले जारी गरेको विज्ञप्तिमा औषधिको अवैध कारोबार कम गर्ने कार्यक्रम प्रहरी तथा अन्य सुरक्षा बलको अगुवाईमा सञ्चालन गरिने छ ।

राष्ट्रपति सिरिसेनाले देशमा औषधि अवैध रूपमा बेच्ने तथा गलत मनसायले कारोबार गर्ने विरुद्ध कारबाही गरिने गरी कानूनको कडा प्रावधान भएपनि अबैध कारोबार थप मौलाएको बताउदै यसलाई नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

सरकारले गैरकानूनी रूपमा हुने औषधिको कारोबार गर्ने व्यक्ति तथा संस्था विरुद्ध कानुन ल्याएपछि श्रीलङ्कामा दैनिक ३० लाख अमेरिकी डलर बराबरको औषधि दैनिक बिक्री हुने गर्छ ।

राष्ट्रपति सिरिसेनाले यस बर्षको शुरुमा आफ्ना नागरिक र मुलुकलाई अवैध औषध कारोबारीको चुङ्गुलबाट मुक्त गर्ने आश्वासन गरे अनुसार पछिल्लो निर्देशन भएको हो । रासस/ सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *