एमाले अध्यक्ष ओली उपचारका लागि थाइल्याण्ड जाँदै

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाने भएका छन् ।

थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे ओली नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान लागेको स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।

अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानेछिन । उपचार पछि यही भदौं १४ गते ओली स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताए ।

नियमित स्वास्थ्य उपचारका लागि ओली हरेक ६÷६ महिनामा बैंकक जाने गरेका छन् । तर यसपटक अलि छिटो त्यसतर्फ लागेका हुन् । यसअघि उनी जेठमा स्वास्थ्य परीक्षणका लागि लागि बैंकक गएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *