जिल्ला र क्षेत्रले औषधि नकिन्दा बाढी पीडितलाई समस्या

काठमाडौँ, ४ भदौ । पाँच लाखसम्मको औषधि जिल्लाले विना टेन्डर खरीद गर्न पाउँछ । तर जिल्लाले त्यो सुविधा प्रयोग नगर्दा बाढी प्रभावित क्षेत्रका कतिपय स्थानमा औषधिको अभाव भएको छ ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारीले केन्द्रबाट आवश्यक बजेट गईसकेपनि जिल्लाले खर्च नगर्दा कतिपयस्थानमा समस्या भएको बताए । तराईका बाढी प्रभावित क्षेत्रमा औषधिको अभाव भयो भन्ने खबर आएको भन्दै जिल्लाले सिधै किन्न सक्ने औषधि समेत नकिन्दा समस्या भएको बताए । उनले क्षेत्रलाई समेत पाँच लाखको औषधि सिधै किन्न सक्ने अधिकार रहेको भन्दै अभाव भयो भनेर बस्न नमिल्ने बताए ।

उपमहानिर्देशक भण्डारीले चुनाव नभएको २ नम्बर क्षेत्र बाहेक सबै स्थानीय निकायमा डेढ देखि २० लाख सम्मको औषधि खरीद गर्न रकम पठाइसकिएको भन्दै उनीहरुले पनि सो अनुसार औषधिमा खर्च गर्न सक्ने बताए । ‘अहिले पहिले जस्तो होइन । स्रोतको अभाव पनि छैन मात्रै व्यवस्थापनको खाँचो हो । कतिपय जिल्लामा त्यो भएको छैन,’  भण्डारीले भने ।

यसैबीच बाढी प्रभावित क्षेत्रमा गई स्वास्थ्य सेवाको समन्वय गर्न स्वास्थ्य मन्त्रालयले विराटनगरमा जनस्वास्थ्य प्रशासक सागर दाहाल, सिराहा सप्तरीमा भीम सापकोटा, महोत्तरी धनुसामा डा माधव लम्साल, रौतहट सर्लाहीमा डा नरेन्द्रर्ला पठाएको छ । त्यस्तै बारा पर्सामा डा रामराज पन्थी, तथा नेपालगञ्जमा राजकुमार पोखरेललाई पठाएको छ ।

उनीहरुले जिल्लाका स्वास्थ्यकर्मी, स्थानीय स्वास्थ्य संस्थाबीच समन्वय गरी स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुरयाउने बताइएको छ ।
उपमहानिर्देशक भण्डारीले अहिलेसम्म तराईमा महामारीको प्रकोप नदेखिएको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *