पूर्वी तराईमा आँखाका विरामीको संख्या बढ्यो

68
Shares

राजविराज, ५ साउन । केही दिनयता सप्तरीसहित पूर्वी तराईका जिल्लामा वर्षासँगै बढेको अत्यधिक गर्मीका कारण आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ ।

सदरमुकाम राजविराजदेखि दुई किलोमिटर उत्तरपट्टिमा पर्ने मलेठस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा आज÷भोलि दैनिक आँखा उपचारको बिरामी आउने गरेको जनाइएको छ ।

पछिल्लो पटक गर्मी र अविरल वर्षासँगै सप्तरीका विभिन्न खोलामा आएको बाढीका कारण आँखा पाक्नेजस्ता बिरामी अस्पतालमा भर्ना हुने गरेको पाइएको छ ।

अस्पतालमा अहिले आँखा पाक्ने, मोतिबिन्दुका साथै रतन्धोलगायत भाइरल केटावटीस, आँखामा घाउ हुने र अत्यधिक गर्मीका कारण आँखा चिलाउने जस्ता रोगका बिरामी दैनिक ४० देखि ५० जना भन्दा बढी बिरामी आउने गरेको अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता बिजली चौधरीले बताए ।

सो अस्पतालमा प्रत्येक दिन बिरामी जाँच गरेपनि हाल बढेको गर्मी र वर्षाबाट प्रभावित बिरामी बढ्दै गएको स्वास्थ्य कार्यकर्ता चौधरीले बताए।

यसैबीच, सगरमाथा चौधरी आँखा अस्पताल राजविराजमा हप्तामा एक दिन शुक्रबारको दिन मोतिबिन्दुको शल्यक्रियासमेत गरिने गरेको अस्पतालले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *