‘रेजिडेन्ट’हरुको संस्था ‘एनआरडीए’को अध्यक्षमा डा. कश्चेव

824
Shares


काठमाडौँ, २६ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) को नवौं अध्यक्षका रुपमा डा. कश्चेव श्रेष्ठ निर्वाचित भएका छन्।

डा. कश्चेव फरेन्सिक विभागका रेजिडेन्ट हुन्। त्यस्तै संस्थाको महासचिवमा आँखा विभागका डा. अमीत यादव चुनिएका छन्।

शिक्षण अस्पतालमा आज आयोजित कार्यक्रममा नयाँ कार्यसमितिलाई प्राडा गोविन्द केसीले बधाई दिएका थिए । एनआरडीएले डा केसीको हरेक अनसनमा प्रत्यक्ष रुपमा साथ दिदै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *