पत्रकार उपचार कोषलाई रु ५१ हजार सहयोग

0
Shares

झापा, १८ असार । मेचीनगरस्थित मेची नेत्रालयले पत्रकार सहारा उपचार कोषका लागि रु ५१ हजार प्रदान गरेको छ ।

पत्रकार समाजकै आँखा भएकाले उनीहरुको अभियानमा केही मात्रामा भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको मेची नेत्रालयका प्रशासन प्रमुख पुनम राईले बताए ।

महासङ्घ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीलाई शनिबार अस्पतालका संस्थापक एवम् प्रमुख डा शरदचन्द्र प्रकाश राईले उक्त रकमको चेक हस्तान्तरण गरे ।

महासङ्घ झापा रु एक करोडको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ । मानवसेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पु¥याउन महासङ्घले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकामा नेत्रालयका सञ्चालकहरुले खुसी व्यक्त गरेका छन् । हालसम्म कोषमा रु २३ लाख जुटिसकेको महासङ्घ झापाले जनाएको छ ।रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *