भण्डारीको सम्झनामा रक्तदान

काठमाडौँ, १४ असार । नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ५५ औँ जन्मजयन्तीका उपलक्ष्यमा आज आयोजित रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत सङ्कलन भएको छ ।

मदन भण्डारी स्पोर्ट एकेडेमीले आयोजना गरेको कार्यक्रममा एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले रक्तदानको शुभारम्भ गर्दै जनताको बहुदलीय जनवादका प्रणेता भण्डारीले नेपालको राजनीतिक विकासमा ठूलो योगदान गरेको बताए।

एकेडेमीले कराँते खेलको पनि आयोजना गरेको छ । विसं २००९ असार १४ गते ताप्लेजुङमा जन्मनुभएका भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा दुर्घटनामा परी निधन भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *