स्वास्थ्यका तीन डाक्टर १२औं तहमा बढुवा

काठमाडौँ, ८ असार । स्वास्थ्य मन्त्रालय अन्तर्गतका तीन जना डाक्टर प्रमुख विशेषज्ञ (१२ औं तह ) मा बढुवा भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले तीन जना डाक्टरलाई १२औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा हुनेमा वीर अस्पतालमा कार्यरत डा. दिनेश श्रेष्ठ, प्रसूति गृहमा कार्यरत डा. पुष्पा चौधरी र कान्ती बाल अस्पतालमा कार्यरत डा. विनोदमान श्रेष्ठ रहेका छन् ।
यस अघि बढुवा समितिले पाँच जना डाक्टरको नाम सिफारिस गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



