राजबाहकले रक्तदान गरेर मनाए अठारौँ जन्मोत्सव

काठमाडौँ, ७ असार । अठार बर्षको पुगेका दन्यू राजबाहक रक्तदान गरी जन्मोत्सव मनाएका छन् । उनले आज बालकुमारीस्थित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र(व्लड बैक) पुगेर रक्तदान गरेका हुन् ।
स्वयंसेवी सतक रक्तदाता प्रेमसागर कर्माचार्यले तयार पारेको स्टार्ट १८ स्टार्ट टीम भन्ने सिद्धान्तलाई व्यवहारिक गर्न रक्तदान सुरु गरेको राजबाहकले बताए ।
कर्माचार्यले प्रत्येक स्वस्थ युवा युवतीहरूले आफ्नो १८ बर्षको जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं सिद्धान्तलाई अघि बढाएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




हिजो कान्तिपुरमा आएको ब्लड बैंकको लापरवाही बारे खोई सही जवाफ ?
ललितपुरका १६ वर्षको युवकलाई ब्लड बैंकको लापरवाहीले गर्दा एचआइभी सरेको भन्ने आरोप बारे रेडक्रश ब्लड बैंकको खोई जवाफ? हामी स्वयंसेवी रक्तदाताहरु यो समाचारले हामी स्तब्ध भएका छौं ! सत्य तथ्य जानकारी चाहियो दोष कस्को हो ? दोषी उपर सिघ्र कारवाहीको माग गरादछौं चाहे त्यो विशुद्ध सामाजिक संस्था मानिएको ब्लड बैंक नै किन नहोस !