स्वास्थ्य मन्त्रालयका १० जना चिकित्सक एघारौँ तहमा बढुवा

13.7k
Shares

काठमाडौँ, २२ जेठ । स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न अस्पतालमा कार्यरत १० जना चिकित्सक एघारौँ तहमा बढुवा भएका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले आज सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो ।

लोक सेवा आयोगले गतबर्ष २६ असोजको सूचना अनुसार स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह उपसमूहमा रिक्त एघारौँ तहमा बढुवाका लागि दरखास्त आवहान गरेको थियो । सो अनुसार विभिन्न चिकित्सकहरुले दरखास्त हालेका थिए । त्यसबाट कुल प्राप्तांकको आधारमा आयोगले बढुवाका लागि सिफारिस गरेको जनाएको छ ।

बढुवाका लागि सिफारिस हुनेमा प्रमुख कन्सलटेन्ट सर्जन तर्फ डा नरेन्द्रविक्रम गुरुङ, डा विसनसिंह बोहरा प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्ट तर्फ डा नित्य प्रसाद खनाल, प्रमुख कन्सलटेन्ट डर्माटोलोजिष्ट तर्फ डा मनिलाल नेवार श्रेष्ठ, प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन तर्फ डा हेमराज पाण्डे र डा प्रकाशनिधि तिवारी र प्रमुख मेडिकल सुपरीटेन्डेन्ट तर्फ डा कृष्णप्रसाद खनाल, डा अनन्तकुमार शर्मा, डा दयाशंकरलाल कर्ण र डा केदारनरसिंह केसी रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *