बिपन्न कोटाबाट एमडी गर्न ८ कक्षा देखिनै सरकारीमा पढ्नु पर्ने

काठमाडौँ १८ जेठ । बिपन्न कोटाबाट त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को स्नातकोत्तर तह एमडी एमएस अध्ययन गर्न कक्षा ८ देखि नै सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने भएको छ । एमडीएमएस तहमा देखिएको विपन्न आरक्षण सम्वन्धी विवाद समाधान गर्न डिन कार्यालयले गठन गरेको समितिले सो सुझाव दिएको हो ।

प्राडा इश्वर लोहनीको संयोजकत्वमा गठित समितिले स्नातकोत्तर तहमा विपन्न कोटामा अध्ययन गर्न चाहनले विद्यालय तह ८९ र १० कक्षा सामुदायिक विद्यालयमा पढेकै हुनुपर्ने, उच्च मावि तहमा पनि सामुदायिक उच्चमावि वा निजीमा पढेको भए सरकारी छात्रबृत्तिमा पढेको हुनुपर्ने र स्नातकतहमा पनि सरकारी छात्रबृत्ति अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

स्नातकोत्तर तहमा अध्ययन गर्न स्नातक तह उत्तीर्ण गरि एक बर्ष काम गरेकै हुनुपर्ने भएकोले एक बर्ष अधिकृत स्तरको जागिर खाईसकेको व्यक्ति विपन्नको सूचीमा नपर्ने भन्दै आगामी बर्ष देखि विपन्न आरक्षणको कोटामा पुर्नविचार गर्न समेत सुझाव दिएको छ ।

सरकारले स्नातकोत्तर तहमा आरक्षण लागू गरेपछि महाराजगञ्ज क्याम्पसका स्ववियु, आवासीय चिकित्सक तथा अन्य संघसंस्थाले आन्दोलन घोषणा गरेका थिए । त्यस लगत्तै डीन कार्यालयले सुझाव समिति गठन गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *