नर्सिङ लाईसेन्स परीक्षा २४ असारमा, आईतबारबाट फारम खुल्दै

2.2k
Shares

काठमाडौँ, ४ जेठ । पीसीएल तथा बीएस्सी नर्सिङ उत्तीर्णहरुका लागि नेपाल नर्सिङ परिषदले लिने लाईसेन्स परीक्षा आगामी २४ असारमा हुने भएको छ । परिषदले आज सूचना प्रकाशित गरी आगामी आईतबार देखि परीक्षामा सहभागी हुन चाहने फारम भर्न सक्ने जनाएको छ ।

परिषदका अनुसार ११ असार सम्म नियमित फारम वितरण र दोव्वर दस्तुर तिरेर १६ असार सम्म फारम भर्न सकिने जनाएको छ ।

परिषदले परीक्षामा सहभागी हुन चाहनेले एक मुष्टरुपमा २ हजार ३ सय रुपैयाँ शुल्क बुझाउन पर्ने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *