सुर्तीमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था मिलाउन स्वास्थ्यले माग्यो राजश्वको सहयोग
काठमाडौँ, २० बैशाख । सुर्ती नियन्त्रण सम्वन्धी कानून कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालयले आन्तरिक राजश्व विभागको सहयोग मागेको छ । मन्त्रालयले ९० प्रतिशत भागमा घातक रंगिन चित्र भएका सुर्तीजन्य पदार्थमात्रै विक्रीका लागि अनुमति दिन पुन विभागको स्मरण गराएको छ ।
सुर्तीजन्य पदार्थको बट्टा प्याकेट रयापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतानवीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१ ले सुर्तीजन्य पदार्थको प्याकेटको कुल बाहिरी भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमुलक सन्देश र घातक रंगिन चित्र छाप्न अनिवार्य गरेको छ ।
२ जेठ २०७२ देखि सो कानूनको कार्यान्वयन गर्न १३ कात्तिक २०७१ को मन्त्रीस्तरीय निर्णय भए पनि स्वदेशी उद्योगहरुले अहिलेसम्म टेरेका छैनन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिका उपाध्यक्ष तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले ९० प्रतिशत चित्र छाप्ने व्यवस्था कार्यान्वयनमा ल्याउन गत ११ बैशाखमा पत्र काटेका छन् । उनले पत्र मार्फत मापदण्ड पुगेका पदार्थका लागि मात्रै विक्रीका लागि अनुमति दिने व्यवस्था मिलाउन विभागको ध्यानाकर्षण गराएका छन् ।
हुनपनि विभाग अन्तर्गतको अन्तशुल्क महाशाखाले उपलव्ध गराउने स्टिकरण टासिएपछि मात्रै सुर्तीजन्य पदार्थ विक्रीका लागि बजार पठाइने गरिन्छ । मापदण्ड नपुगेकाले स्टिकर टास्न नपाईने भन्ने व्यवस्था गर्नासाथ सो कानूनको कार्यान्वयन हुने जानकारहरु बताउछन् ।
तर अहिलेसम्म विभागले मापदण्ड नपुगेका सुर्तीजन्य पदार्थहरुलाई धमाधम स्टिकर सहित बजारमा जान दिएको छ । यद्धपी विदेशी कम्पनीका कतिपय चुरोटहरुमा भने सरकारले तोकेबमोजिमको मापदण्ड लागू भएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




One thought on “सुर्तीमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था मिलाउन स्वास्थ्यले माग्यो राजश्वको सहयोग”