मन्त्रालयको पत्रपछि नर्सिङ परिषद्को कुर्चीमा पुन: शर्मा र राई

काठमाडौँ, ११ बैशाख । नेपाल नर्सिङ परिषदको अध्यक्षको कार्यभार पुन प्रा चन्द्रकला शर्माले सम्हालेकी छन् । त्यस्तै परिषद्को रजिष्टारको जिम्मेबारी लक्ष्मी राई लिएकी छन् ।

सर्वोच्चको आदेश अनुसार आज स्वास्थ्य मन्त्रालयबाट नियुक्ति पत्र लिएर गएपछि पूर्व पदाधिकारीहरु बाहिरिएका छन् । सर्वोच्चले गत १७ फागुनको मन्त्रिपरिषद्को बैठकले नयाँ पदाधिकारी नियुक्ति गर्नेे निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको थियो ।

अदालतको आदेश लिएर हिजै परिषद्मा पुगेपनि स्वास्थ्य मन्त्रालयको पत्र चाहिने भन्दै सरकारले नियुक्त गरेका पदाधिकारीहरुले पदवहाली गर्न दिएका थिएनन् ।आजै पदवहाली गर्नासाथ अध्यक्ष शर्माले परिषदको मास मिटिङ राखेकी छन् ।

यता सिंहदरबार बैद्य खानाका प्रवन्ध निर्देशक डा राजेन्द्रकुमार गिरी भने आज पनि बाहिरै हाजिर गरि फर्केका छन् । स्वास्थ्य मन्त्रालयबाट नियुक्ती पत्र लिएर पुगेपनि सरकारले यसअघि नियुक्त गरेका प्रवन्ध निर्देशक डा बंशदीप शर्माले कार्यकक्षमा तालाबन्दी गरेर हिडेका कारण भित्र छिर्न सकेनन् । ‘आज स्वास्थ्य मन्त्रालयबाट पाएको पत्र दर्ता गराएको छु । भोलीबाट नियमित काममा लाग्छु होला डा. गिरीले भने ।

यता स्वास्थ्य व्यवसायी परिषद्, फार्मेसी परिषद्, आयुर्वेद, आयुर्वेद चिकित्सा परिषदका पदाधिकारीहरुले भने हिजो नै पदवहाली गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *