दादुरा र रुवेलाविरुद्ध नयाँ खोपको प्रयोग गर्न खोजिँदै

काठमाडौँ, ५ बैशाख । जन्मेको नौ महिनामा बालबालिकालाई सुईद्धारा दिइदै आएको दादुरा र रुवेला रोग विरुद्धको खोप (एमआर भ्याक्सिन)मा नयाँ प्रयोग गर्ने तयारी भएको छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को सहयोगमा एक फ्रान्सेली कम्पनी माईक्रोएरीले नेपालमा सुईको सट्टा ‘प्याच’बाट यो खोप दिने तयारी गरेको हो ।

‘प्याच’बाट खोप दिइँदा सुई लगाउनुपर्दैन, स्टिकर जस्तै शरीरको बाहिरी छालामा टासेपछि केही क्षणमै त्यसभित्रको तत्व छालाले खिच्ने गर्दछ । यो प्रकारको खोपलाई ‘कोलचेन’समेत नचाहिने र सहज रुपमा बालबालिकालाई दिन सकिने भएपछि नेपालमा पनि यसको अध्ययन अघि बढाइएको हो । यहि कम्पनीले यस्तै अध्ययन भियतनाम र बेननमा समेत अघि बढाएको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले प्याचको रुपमा आएको नयाँ एमआर भ्याक्सिन पाइलटिङको रुपमा प्रयोग गर्न नुवाकोट र कपिलवस्तु जिल्ला छनौट गरिसकेको छ ।

‘खासमा अहिले पनि छलफलकै चरणमा छौँ दुई जिल्ला छनौट भएका छन् । ती जिल्लामा गएर सरोकारवालासंग पुन छलफल हुनेछ,’ बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख कृष्णबहादुर चन्दले भने ।

उनले कोलचेन आवश्यक नहुने, बच्चाका लागि सुई लगाउँदा जस्तो दुखाई समेत नहुने नयाँ प्रविधिको खोप भएकोले नेपालका लागि सान्दर्भिक हुने गरी डव्लुएचओले प्रस्ताव अघि बढाएको बताए ।यद्धपी नेपाल सरकारले अन्तिम स्वीकृति दिएपछि मात्रै खोप प्रयोगका लागि आउने उनले स्पष्ट पारे । ‘अहिले नै सुरु भएको हो भन्न मिल्दैन हामी छलफलकै प्रक्रियामा छौँ । हामीले हुन्छ भनिसकेपछि मात्रै फ्रान्सेली कम्पनीले खोपको उत्पादन सुरु गर्छ र नेपाल पठाउन थाल्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *