काठमाडौँमा फेरी देखियो ‘स्वाइन फ्लू’

0
Shares

काठमाडौँ ४ वैशाख । काठमाडौँमा पुन स्वाइन फ्लूको विरामी भेटिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेढ हप्ता अगाडी ज्वरो आएर आएर भर्ना भएका ३० वर्षीय पुरुषमा परीक्षण गर्दा इन्फुलेन्जा ए एचवन एनवन भाईरस (स्वाइन फ्लू) भएको पाइएको हो ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेढ हप्ता अगाडी ज्वरो सहित छाती दुखेर अस्पताल भर्ना भएका उक्त विरामीलाई परीक्षण गर्दा स्वाइन फ्लू भएको पुष्टि भएको बताए ।

गत फागूनको पहिलो हप्तामा ज्वरो आएर अस्पताल पुगेका ५० बर्षका एक पुरुषमा स्वाइन फ्लूको भाइरस भएको पुष्टि भएको थियो । तर यसपाली अस्पतालमै भर्ना भएर बसेका विरामीमा स्वाइन फ्लू देखिएको हो । स्वाइन फ्लू सरुवा रोग भएकाले एक अर्कामा छिट्टै सर्ने हुदाँ राजधानीवासीलाई सचेत रहनु पर्ने डा.पुनले बताए।

स्वाइन फ्लूको खतरा धेरै हुने यो समयमा भारतमा अहिले नयाँ प्रजातिको स्वाइन फ्लू फैलिरहेकाले नेपालमा पनि जोखिम बढेको बढि रहेको उनले जानकारी दिए ।

खोकी लागिरहने, घाँटी खसखसाउने,१० दिनसम्म पनि कडा ज्वरो आए, बालबालिकामा ज्वरोसँगै वान्ता हुने, पखाला लाग्ने भएमा स्वाइन फ्लू भएको हुनसक्ने भएकाले यस्तो लक्षण देखिने बितिक्कै जाँच गराउनुपर्ने डा. पुनले बताए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *