‘खोपको व्यवस्थापन प्रभावकारी छ-छैन ?’ भनेर अध्ययन हुँदै

काठमाडौँ, २९ चैत । बालबालिकालाई दिदै आएको खोपको व्यवास्थापन कति प्रभावकारी ढंगले गरिएको छ भन्दै अध्ययन सुरु भएको छ । सरकारले विभिन्न ११ प्रकारका खोप बालबालिकाहरुलाई दिदै आएको छ ।

युनिसेभको सहयोगमा स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाकाले देशका विभिन्न २० जिल्लामा ‘इफेक्टिभ भ्याक्सिन म्यानेजमेन्ट(इभिएम)’ सर्भे सुरु गरेको हो ।

ती जिल्लाहरुमा कैलाली, दार्चुला, बर्दिया, सल्यान, कालिकोट, कपिलवस्तु, नवलपरासी रहेका छन् । त्यस्तै पर्वत, लमजुङ, काठमाडाँै, ललितपुर, नुवाकोट, रौतहट, पर्सा, महोत्तरी, सिन्धुली, ओखलढुंगा जिल्लालाई पनि सर्भेमा समावेश गरिएको छ । त्यसबाहेक सर्भेमा सिराहा, झापा र सुनसरी जिल्ला सहित क्षेत्रीय तथा केन्द्रीय मेडिकल स्टोरहरु समेत समेटिएको छ ।

यो सर्भे १५ चैत देखि सुरु भएको हो र आगामी ५ बैशाखसम्ममा सकिन्छ, स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा अन्तर्गतका खोप शाखा प्रमुख कृष्णबहादुर चन्दले भने, ‘यसले खोपको व्यवस्थापन कसरी भएको छ ? बालबालिकाले लगाउने बेलासम्म त्यसको गुणस्तर कायम हुने बाताबरण छ कि छैन भन्ने बारेमा अध्ययन भएको छ ।’

सर्भेका लागि युनिसेफले लाईफलाईन प्रोजेक्ट मार्फत काम सुरु गरेको र त्यसमा सरकारका तर्फबाटसमेत केही सहभागी भएको उनले जानकारी दिए ।

‘खासगरी अध्ययनमा नौ वटा इन्डिकेटरहरु छन् । बाहिरबाट कसरी ल्याएको छ ? दर्ता कसरी गरिएको छ ? अनि वितरण कसरी गरिएको छ ? कोलचेन मेन्टेन भएको छ कि छैन ? यी कुराहरुमा जोड दिइएको छ,’ खोप प्रमुख चन्दले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *