मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, १० वैशाख । सरकारले भोलि (मङ्गलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
मन्त्री शर्माका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वजनिक बिदा दिन लागिएको जानकारी दिइन्।
विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुईदिने नेपाल भ्रमणमा आउँदैछन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




