यी हुन् यौनाङ्ग स्वस्थ्य राख्न महिलाले जान्नै पर्ने आठ कुरा

1.4k
Shares

१. सार्वजनिक शौचालय जहाँ ड्याप्प बसेर शौच गर्नुपर्छ, त्यस्ता शौचालय प्रयोग गर्दा टिस्यू पेपर अथवा रुमाल प्रयोग गर्नु राम्रो हुन्छ । त्यसो गर्दा कमोटमा अर्थात सतहमा रहेका किटाणुहरु तपाँईको शरीरमा पुग्दैन् ।

२. धेरै समय बाहिरी बाताबरणमा काम गर्दा गर्मी हुन्छ यौनाङ्गमा संक्रमण हुन सक्छ । त्यसैले त्यस्ता महिलाले दिनहुँ यौनाङ्ग सफा गर्ने गर्नुपर्दछ । हावाको प्रवाह बढाई सुख्खा हुन दिनु पर्छ ।

३. कटन तथा सूतीका भित्री बस्त्र को प्रयोग गर्नुस् । यसले यौनाङ्गमा उचित भेन्टीलेसन दिन्छ र संक्रमणबाट बचाउँछ । सिन्थेटिक अन्डरवेयर प्रयोग नगर्नुस् ।

४. यौनसम्पर्क अथवा हस्तमैथुनको समयमा उपकरण, औजार, सेक्स टोय को प्रयोग गर्नुहुन्छ भने यस्ता उपकरणहरुको सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ । यस्ता उपकरणको तातो पानी र साबुनको प्रयोग गरी नियमति सफा गर्नुस् ।

५. कसिलो खालको भित्री तथा बाहिरी बस्त्र प्रयोग नगर्नुस् । खुकुलो बस्त्रले हावाको प्रवाह बढाई संक्रमणबाट बचाउँछ ।

६. यदि तपाइँ यौन क्रियाकलापमा भाग लिनु भएको छैन भने पनि निरन्तर आफ्नो यौनाङ्गको स्वास्थ्यको बिषयमा परामर्श लिइराख्नुस् ।

७. यौनक्रियाकलापमा निरन्तर सहभागी हुनुहुन्छ भने तपाइँलाई यौन स्वास्थ्यको बिषयमा अझ बढी ध्यान दिनु जरुरी हुन्छ । निरन्तर परीक्षण र परामर्श खोज्नुहोस् । अझ् सक्नुहुन्छ भने त्यसको परीक्षण तपाइँको यौनसाथीलाई पनि गराउनुहोस् ।

८. अलोन सेक्समा सहभागी हुनेहरु एकदमै सचेत हुनु जरुरी छ । अलोन सेक्स पछि भेजिनल सेक्स गर्नु स्वास्थ्यको हिसावले निकै नराम्रो हुन्छ । किनभने अलोन सेक्सबाट आएको इ कोली नामक ब्याक्टेरियाले योनीमा संक्रमण गराउन सक्छ । यसले सिस्टिस इन्डोमेट्राइ प्रजनन् समस्या निम्त्याउन सक्छ ।

एजेन्सी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *