हैजाका कारण सोमालियामा १९६ जनाको मृत्यु

0
Shares

मोगादिसु, २४ फागुन । हैजाका कारण सोमालियामा गत जनवरीदेखि अहिलेसम्म १९६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार जनाएको छ ।

राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संयोजकले दिएको जानकारी अनुसार सन् २०१७ सुरु भएदेखि अहिलेसम्म ११ क्षेत्र, ३८ जिल्लाका सात हजार ९०९ जनामा हैजाको प्रकोप देखिएको छ ।

हैजा फैलिएका ठाउँका समुदायका लागि स्वास्थ्यसम्बन्धी साझेदार निकायहरुले सहयोग गरिरहेको पनि पछिल्लो ताजा विवरणमा जनाइएको छ ।

समुद्री तटहरुमा हैजा उपचार केन्द्रहरु स्थापना गरेर हैजाका धेरै बिरामीको व्यवस्थापन गरिएको राष्ट्रसङ्घले उल्लेख गरेको छ ।

“लोवेर जुब्बा, बनादीर र बाई क्षेत्रमा साझेदार निकायहरुले धेरै मेहनेत गरेर बिरामीहरुलाई उद्धार गरिरहेका छन्,” राष्ट्रसङ्घीय एक प्रतिनिधिले भने ।

उनले बाकुल क्षेत्रका वाजिद, बुर्धुहुन्ले, गेडो र गार्वाहारेइ जिल्ला हैजाबाट सबैभन्दा धेरै प्रभावित भएको जानकारी दिए। रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *