निधिको अस्पताललाई ३ करोड दिन स्वास्थ्यकै प्रस्ताव

काठमाडौँ, १७ फागुन । गत बैशाखमा जारी निर्देशिका विपरित सरकारले राजधानीस्थित ‘महेन्द्र नारायण निधि मेमोरियल अस्पताल’लाई ३ करोड रुपैयाँ अनुदान दिएको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो अस्पताललाई अनुदान दिएको हो ।

प्रस्ताव आफैबाट गएपनि स्वास्थ्य मन्त्री गगन थापाले निर्देशिका विपरीत अनुदान दिने सम्वन्धी निर्णयमा हुनुमा अर्थ र गृह मन्त्रालयलाई दोश दिएका छन् । ‘गृह दवाव आयो अर्थको सहमति आयो । मैले हुँदैन भनेर चार साता सम्म त रोकेँ तर पछि प्रधानमन्त्रीबाट समेत प्रेसर आयो अनि प्रस्ताव लगियो ।’

मन्त्री थापाले सरकारी सरह नै विभिन्न सेवा दिने लिखित प्रतिबद्धता गराएर अनुदान दिएको बताए । विगत ६ बर्ष देखि विना प्रतिवद्धता उक्तअस्पतालमा अनुदान दिइदै आएको भन्दै आफूले लिखित प्रतिवद्धता गराएको बताए ।

काठमाडौँ महानगरपालिका गौशालामा रहेको ५५ बेडको सो अस्पतालमा गृहमन्त्री विमलेन्द्र निधी सर्बेसर्भा हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *