योग गर्न विहानै विभाग पुगे स्वास्थ्य मन्त्री स्वास्थ्य सचिव

 

काठमाडौँ, १५ फागुन । पाँचौ स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य सेवा विभागमा बृहत योग शिविर सम्पन्न भएको छ । विहान साढे ६ बजे देखि सुरु योग शिविरको स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरे ।

योग गर्न मन्त्री थापा सहित स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती, स्वास्थ्य सेवा विभागका महानिर्देश डा राजेन्द्र पन्त, आयुर्वेद विभागका महानिर्देशक डा बासुदेव उपाध्याय लगायतका पदाधिकारीहरु विहानै विभागमा पुगेका थिए । करीब एक घण्टा चलेको योग सिविरमा मन्त्रालय तथा विभाग अन्तर्गतका कर्मचारीहरुको सहभागीता थियो ।

‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ आज पाँचौँ स्वास्थ्य सेवा दिवस मनाईदै छ । स्वास्थ्य सचिव डा उप्रेतीले केन्द्र, क्षेत्र, अञ्चल, जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेर स्वास्थ्य सेवा दिवस मनाउन लागिएको जानकारी दिए ।

उनले दिवस मनाउन केन्द्र र जिल्लास्तरमा छुट्टाछुट्टै समिति बनाइएको जानकारी दिँदै केन्द्रमा मुख्य सचिवको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको बताए ।

मुख्य सचिवको संयोजकत्वमा गठित केन्द्रीय स्तरको मूल समारोह समितिले केही बेरपछि स्वास्थ्य मन्त्रालयमा कार्यक्रम गर्ने कार्यतालिका छ ।

यता ९( ख )कार्यान्वयनको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुका केही संगठनहरुले भने दिवस बहिस्कार गरेको घोषणा गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *