सेनाको सहयोगमा रौतहटमा शल्यक्रिया सहितको शिविर राख्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ९ फागुन । स्वास्थ्य मन्त्रालयले नेपाली सेनासंगको सहकार्यमा आगामी २२ देखि २८ फागुनसम्म रौतहटको सदरमुकाम गौरमा सर्जरी सहितको बृहत निशुल्क स्वास्थ्य शिबिर आयोजना गर्ने भएको छ ।

मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी,सप्तरी, सिरहा, मकवानपुर र सिन्धुली सहित १० जिल्लाका जनतालाई लक्षित गरि गौरमा शिविर सञ्चालन गर्न लागिएको हो ।

सो शिबिरमा नेपाली सेनाले मोवाईल कन्टेनर जोडेर फिल्ड अस्पताल सञ्चालन गर्ने छ । स्वास्थ्य मन्त्रालयले आवश्यक औषधि तथा चिकित्सक सहयोग गर्नेछ ।

पहिलोपटक गर्न लागिएको यस किसिमको सिविरमा हाईड्रोशीलका पुरुष तथा आङखसेका महिलाहरुको निशुल्क सर्जरी समेत हुने बताइएको छ ।

शिविरका लागि काठमाडाँैस्थित सैनिक अस्पतालबाट मेडिकल उपकरण सहितको कन्डेनर र चिकित्सक जाने भएका छन् । स्वास्थ्य मन्त्रालयले पनि उपक्षेत्रीय अस्पताल तथा जिल्ला अस्पतालबाट आवश्यक स्वास्थ्यकर्मी खटाउने तयारी गरेको छ ।

शिबिर बस्ने मिति तोक्नुपूर्व स्वास्थ्य मन्त्रालयका सहसचिव डा दीपेन्द्र रमण सिंह र सैनिक अस्पतालका प्रतिनिधी सम्मिलित एक टोली रौतहट पुगेर फर्केको छ । उनीहरुको रिपोर्ट अनुसार नै २२ देखि २८ फागुनसम्मको मिति तोकिएको हो ।

मन्त्रालयका सहसचिव डा सिंहका अनुसार सल्यक्रिया गनुपर्ने अवस्थाका विरामीहरुको पहिचानका लागि फागुनको दोस्रो साता देखिनै स्क्रिनिङ सुरु हुँदैछ । त्यसमा कति जना बिरामी पत्ता लाग्छन सोही आधारमा सर्जनहरु पुग्ने बताइएको छ ।

यसैबीच स्वास्थ्यमन्त्री गगन थापाले आईतबार बेलुका ट्वीट गर्दै नेपाली सेनाको सहकार्य देशका विभिन्न स्थानमा सघन स्वास्थ्य सिविर सहमति अनुरुप रौतहटमा सिविर राख्न लागिएको बताएका छन् । उनले शिविरका लागि त्यसक्षेत्रका १० वटै जिल्लामा आवश्यक तयारी र सुचनाका लागि परिपत्र गरिसकेको जनाएका छन् ।

यसअघि गत ७ माघमा नेपाली सेना र स्वास्थ्य मन्त्रालयबीच विभिन्न स्थानमा मोवाईल हेल्थक्याम्प गर्ने सहमति भएको थियो । सोही सहमतिको पहिलो कार्यान्वयन रौतहटबाट गर्न लागिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *