‘दफा ९ ख’ कार्यान्वयनको माग गर्दै तालाबन्दीमा उत्रिए स्वास्थ्यकर्मी

काठमाडौँ, ८ फागुन । स्वास्थ्य सेवा ऐनको दफा ९ ख कार्यान्वनयको माग गर्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले आज देशका विभिन्न जिल्ला जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका छन् ।

छ वटा ट्रेड युनियनको अगुवाईमा भईरहेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले वेवास्ता गरेको भन्दै दवाव दिनका लागि स्वास्थ्य कार्यालयहरुमा ताला लगाएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज कार्कीले काठमाडौँ सहित देशका ४० भन्दा बढी जिल्ला स्वास्थ्य कार्यालयमा ताला बन्दी गरिउको बताए । उनले काठमाडौँ सहित झापा मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, पर्सा बारा, रौतहट, बाँके, कपिलवस्तु, कैलाली, कन्चनपुर सहित ४० भन्दा बढी जिल्लाका स्वास्थ्य कार्यालयमा तालबन्दी गरिएको बताए ।

‘हामीले अहिले उपचार सेवामा कुनै अवरोध गरेका छैनौँ, प्रशासनमा मात्रै ताला लगाएका हौँ, ‘ कार्कीले भने  । तर पोलियो थोपा, हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम भने अवरुद्ध पार्ने उनले बताए ।

सरकारले एक साता अघि मात्रै ९ ख कार्यान्वनय गर्न भन्दै स्वास्थ्यमा ३ हजार ८४५ वटा पुल दरबन्दी सिजर्ना गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा गत साता बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको थियो । तर ९ ख वाला स्वास्थ्यकर्मीहरुले सरकारको प्रस्तावले आफूहरुलाई झन् अन्याय गरेको भन्दै कार्यस्थलमै पदस्थापनको माग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *