डा. श्रेष्ठको अध्यक्षतामा ‘भास्कुलर सोसाईटी अफ नेपाल’ गठन

काठमाडौँ ८ फागुन । मुटु तथा रक्तनली सम्वन्धि रोगको उपचार गर्दै आएका चिकित्सकहरु संगठित भएका छन् । भास्कुलर सोसाईटी अफ नेपालको नाममा चिकित्सकहरु संगठित भएका हुन् ।

नवगठित सोसाईटीको अध्यक्षमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक समेत रहेका प्राडा उत्तमकृष्ण श्रेष्ठ चुनिएका छन् ।

त्यस्तै कार्यसमितिको उपाध्यक्षमा प्राडा किरण श्रेष्ठ र सचिवमा डा सन्दीपराज पाण्डे र सहसचिवमा डा रविनमान कर्माचार्य र कोषाध्यक्षमा डा कजनराज श्रेष्ठ रहेका छन् ।

कार्यसमितिको सदस्यहरुमा डा अनिल भट्टराई, डा रबीकुमार बराल, डा सम्पूर्णमान तुलाधर, डा मोहन देवभण्डारी, डा रबिन्द्रभक्त तिमला रहेका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा सोसाईटीका अध्यक्ष डा श्रेष्ठले रक्तनली सम्वन्धी अध्ययन अनुसन्धान, उपचारमा सहयोग पुरयाउन संगठित भएको बताए ।

उनले आम सर्वसाधारणलाई रक्तनली सम्वन्धि रोगको जनचेतना जगाउने साथै मोफसलमा रहेका चिकित्सकहरुलाई यस रोगको उपचार पद्धतीका थप अध्ययन अनुसन्धान र उपचारमा सहभागी गराउने मुख्य उदेश्य रहेको बताए ।

संस्थाका सल्लाहकारमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *