स्थगित भएको पोलियो खोप १४ र १५ फागुनमा सञ्चालन गर्ने प्रस्ताव

काठमाडौँ, ४ फागुन । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले स्थगित पोलियोरोग विरुद्धको खोप  खुवाउने कार्यक्रम १४ र १५ फागुनलाई प्रस्ताव गरेको छ । यद्धपी स्वास्थ्य मन्त्रालयले यसको औपचारिक निर्णय गरिसकेको छैन  ।

यसअघि ७ र ८ फागुनका लागि तोकिएको पोलियो खुवाउने कार्यक्रम सीअहेव र हेल्थ असिस्टेन्ट(हेअ) बीचको आपसी द्धन्द्ध र मन्त्रालय केन्द्रीत आन्दोलनका कारण स्थगित भएको थियो । १० बर्षे द्धन्द्धकालमा समेत स्थगित नभएको खोप कर्मचारीको आन्दोलनका कारण स्थगित भएपछि सरकारकै आलोचना भएको थियो ।

बालस्वास्थ्य महाशाखाका निर्देशक डा विकास लामिछानेले पोलियो खुवाउने नयाँ तालिका १४ र १५ फागुनका लागि प्रस्ताव गरेर मन्त्रालयमा पठाएको बताए । उनले मन्त्रालयले निर्णय नगर्दासम्म सो मिति नै एकीन भएको मान्न भने नसकिने स्पष्ट पारे ।

यता मन्त्रालयका प्रवक्ता भोेगेन्द्रराज डोटेलले विभागको औपचारिक रुपमा आईनसकेको भन्दै त्यसको निर्णय हुन बाँकी रहेको बताए । ‘पहिले पत्र आएपछि मात्रै यसको निर्णय हुन्छ । अहिलेसम्म पत्र आईपुगेको छैन,’ प्रवक्ता डोटेलले भने ।

सरकारले देशका यसबर्ष पनि काठमाडौँ उपत्यका सहित देशका १५ जिल्लामा ५ बर्ष मुनिका १६ लाख ९२ हजार ३१५ जना बालबालिकालाई पोलियोरोग विरुद्धको खोप दिने योजना छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्थगित भएको पोलियो खोप १४ र १५ फागुनमा सञ्चालन गर्ने प्रस्ताव

  1. मेरो विचारमा यो कार्यक्रम पोलियो खोप खुवाउने होइन लगाउने हो । थोपा खुवाउने हो वा खोप लगाउने हो पत्रकारजी स्पष्ट हुनुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *