गर्भवती महिलाले लिने चिन्ताको असर पेटमा हुर्कँदै गरेको बच्चामा पर्छ : नयाँ अध्ययन्

 

एजेन्सी । चिन्ता स्वास्थ्यको लागि हानीकारक हो । तर मानिसले चिन्ता लिन छोडदैनन् । सामान्य अवस्थाको मानिसले लिने अति चिन्ताले उ आफ्नो स्वास्थ्य विगारिरहेको हुन्छ ।

तर एउटा महिलाले गर्भवती भएका बेला चिन्ता लियो भने त्यसको पेटमा रहेको बच्चामा समेत पर्न जाने एक अध्ययनले देखाएको छ । हालै गरिएको अध्ययनले अति चिन्ता लिने गर्भवती महिलाको शिशु कम तौलको जन्मने गरेको तथ्य उजागर गरेको छ ।

अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भनेका छन्, गर्भवती भएका बेला बढी चिन्ता लिएका महिलाबाट जन्मने शिशुको तौल सामान्य भन्दा निकै कम हुन्छ ।

उनीहरुले प्रतिवेदनमा भनेका छन् , यदि विहान उठदा नै तपाई तनावग्रस्त हुनु भएको छ भने तपाईँको शरीरमा कोर्टिसोल नामको हर्मोन अधिक मात्रामा निस्कछ । जसको नराम्रो असर गर्भमा हुर्कदै गरेको शिशुमा पर्दछ ।

यो अध्ययनका लागि अध्ययनकर्ताहरुले १४२ जना गर्भवती महिलाहरुमाथि अध्ययन गरेको बताएका छन् । जसलाई कम्युनिटी चाईल्ड हेल्थ नेटवर्कद्धारा गरिएको अध्ययनको एउटा हिस्सा बनाइएको थियो ।

यो अध्ययनले अभिभावकको तनाव गर्भमा रहेको बच्चामा कसरी देखा पर्छ भन्ने बारेमा गरिएको थियो । विश्व विद्यालयका प्राध्यापक क्रिस्टिन गुअर्डिनो भन्छन्,’ जो महिलाले गम्भीर तनाव लिन्छन्, उसले जन्मदिने बच्चामा समेत यसको असर देखापर्छ । त्यसैले नै उनीहरुको तौल कम हुन्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *