प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर डा. दिनेशचन्द्र पोखरेल निमित्त प्रहरी महानिरीक्षक

काडमाडौँ, २ फागुन । सरकारले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर एआईजी डा दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेबारी दिएको छ ।

केहीबेर अघि सम्पन्न मन्त्रीपरिषदको बैठकले पोखरेललाई सर्वोच्च अदालतको फैसला नआउँदा सम्मका लागि डा पोखरेललाई निमित्त महानिरीक्षकको जिम्मेबारी दिएको हो । सोका लागि नेपाल प्रहरी नियमावली २०७१को केही बुधामा संसोधन भएको बुझिएको छ ।

आईतबार बिहान बसेको मन्त्री परिषद् बैठकले डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक पदमा बढुवा गरेको थियो । चन्दलाई आजीपी बनाउन नहुने भन्दै अधिवक्ता कपिलदेव ढकालले शुक्रबार रिट दायर गरेका थिए ।

सो को सुनुवाई गर्दै प्रधानन्यायधीश सुशीला कार्कीको एकल इजलासले आइजीपी बनाउने निर्णय कार्यान्वनय नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

आइतबार नै अर्का डीआईजी नवराज सिलवाल आफू आईजीपी हुन पाउनुपर्ने भन्दै सर्बोच्च अदालत पुगेका थिए । सो रिटको समेत सोमबार सुनुवाई गर्दै सर्बोच्चले चन्दलाई पदस्थापन नगर्न अन्तरिम आदेश दिएको थियो । दुई डीआईजीको विवाद पछि प्राविधिक तर्फका एआईजी पोखरेलले सो जिम्मेबारी पाएका हुन् ।

प्रहरी ऐनमा प्राविधिक तर्फबाट आईजीपी हुने प्रावधान नभएपनि तत्कालका लागि भन्दै नियम संसोधन गरेर पोखरेललाई आईजीपीको जिम्मेबारी दिएको हो । डा पोखरेल गत मंसिरमा मात्रै एआईजीमा बढुवा भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *