स्वास्थ्य सेवा विभागद्धारा फागुन ७ र ८ को पोलियो खुवाउने कार्यक्रम स्थगित

काठमाडौँ, १ फागुन । सरकारले फागुन ७ र ८ गतेका लागि तय गरेको पोलियो खुवाउने कार्यक्रम स्थगित गरेको छ ।  सीअहेव र हेअ आन्दोलनका कारण पोलियो खुवाउने पूर्वघोषित कार्यक्रम स्थगित गरेको हो ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार फागुन ७ र ८ गते काठमाडौँ उपत्यका र तराईका गरि १५ जिल्लामा पोलियो थोपा खुवाउने कार्यक्रम थियो । ती जिल्लाहरुमा सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौँ, भक्तपुर र ललितपुर थिए । ती जिल्लामा पाँच बर्ष मुनिका १६ लाख ९२ हजार ३१५ जना बालबालिकालाई पोलियो खुवाउने कार्यक्रम थियो ।

बाल स्वास्थ्य महाशाखाका निर्देशक डा विकास लामिछानेले प्राविधिक कारणबस पोलियो खुवाउने कार्यक्रम स्थगित भएको जनाए । उनले नयाँ मिति पछि सार्वजनिक हुने बताए ।

स्रोतका अनुसार स्वास्थ्य चौकीको नेतृत्वको को भन्नेमा सीअहेव र हेअ बीच आन्दोलन चलिरहेको र तराईका जिल्लामा तालिममा बोलाउँदा सीअहेव र हेअ दुबैले आफू प्रमुख रहेको भन्दै आउन थालेपछि तत्कालका लागि कार्यक्रम नै स्थगित भएको हो ।

यता सीअहेवले आफू प्रमुख हुन पाउनुपर्ने र हेअले सीअहेवलाई प्रमुख हुन दिन नहुने लगायतका माग राखी मन्त्रालय केन्द्रीत गर्दै आएका छन् ।

लामो समय स्वास्थ्य संस्था छोडेर आन्दोलन गरिरहँदा मन्त्रालयले भने ठोस कदम चालेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *