सुत्केरीको मृत्युपछि भरतपुर अस्पतालमा तनाव
चितवन, २९ माघ । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा आज अस्पतालमा तनाव सिर्जना भएको छ ।
अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो । अहिले सो विषयमा छलफल भइरहेको छ । सम्भावित घटना हुन सक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।
प्रहरीका अनुसार गोरखा ११ किलोका विष्णु श्रेष्ठकी श्रीमती ३४ वर्षीया विमलालाई यही माघ २६ गते सुत्केरी गराउन भरतपुर अस्पताल ल्याइएको थियो । छिमेकी कमल बस्यालका अनुसार उनको हिजो बिहान शल्याक्रियामार्फत बच्चा निकालिएको थियो ।
दिउँसोबाट बिरामीको अवस्था गम्भीर बन्दै गएपछि साँझ पुनः शल्यक्रिया गरिएको पीडितपरिवारको भनाइ छ । शुक्रबार राति नै सुत्केरीको मृत्युभएपछि विमलाका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए ।
अस्पतालका चिकित्सक र नर्सले वेवास्ता गर्दा अत्यधिक रक्तस्राव भई सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ । रासस
सम्पर्क इमेल : [email protected]