सल्यान जिल्ला अस्पतालमा पानीको अभाव

सल्यान, २९ माघ । जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव भएको छ । चौबिसै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ ।

दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ । हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिइन ।

अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको डा रावलले बताइन् । “अस्पतालमा अहिले दैनिकजसो शल्यक्रिया हुन्छ । शल्यक्रियापछि सरसफाइका लागि पनि धेरै पानी चाहिन्छ, अरु त के अहिले सबैलाई पिउने पानी समेत पुग्दैन”, डा रावलले बताइन् ।

शौचालय अति फोहोर हुनामा आफूले मात्र चासो नदिएर नभएको डा रावलले जिकिर गरिन । “अस्पतालमा बिरामीले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुँदैन, बिरामीको लापर्बाहीले पनि भएको छ । बिरामीले शौचालयमा प्याड समेत फाल्ने गरेकाले फोहोर देखिएको हो” डा रावलले भनिन । अस्पतालको शौचालयले दुर्गन्ध बाहिरसम्म फैलिएको छ । अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उनको  भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *