ग्रामीण क्षेत्रका महिलामा पाठेघर खस्ने समस्याअधिक

नेपालगन्ज, २५ माघ । बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखा परेका छन् ।

जनस्वास्थ्य कार्यालयले केही महिनाअघि जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो ।

कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाटपीडित महिलामध्ये एक चौथाइ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको पाइएको छ ।

विशेषतः जिल्लाको गनापुर, साइगाँउ, नौवस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेना गाविसका दलित, मधेसी र सीमान्तकृत समुदायका महिला सो समस्याबाट सबैन्दा बढी पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत अङ्गतबहादुर शाहीले बताए ।

कम उमेरमा विवाह गरेका, असुरक्षित रुपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *