गर्भवती महिलामा ‘भिटामिन ए’ कमी हुँदा जन्मने शिशुमा अल्जाईमर्सको खतरा ?

एजेन्सी – गर्भवती अवस्थाका महिलालाई प्रयाप्त मात्रामा पोषक तत्व आवश्यक पर्दछ । यदि गर्भवती महिलालाई पोषणमा कमी भयो भने जन्मने बच्चामा समेत त्यसको असर देखिन सक्छ ।

हालै गरिएको एक नयाँ अनुसन्धानले गर्भावस्थाका बेला महिलामा भिटामिन ए प्रयाप्त नहुँदा जन्मने बच्चालाई अल्जाईमर रोगको जोखिम हुन सक्ने औल्याएको छ ।

क्यानडामा गरिएको अनुसन्धानले यस्तो खुलासा गरेको हो । वैज्ञानिकहरुले गर्भका बेला भिटामिन ए को कमी हुँदा पेटमै रहँदा वा जन्मेको केही समयपछि नवजात शिशुमा समस्या देखिन सक्ने बताए ।

बैज्ञानिकहरुले यो अनुसन्धान मुसामा गरेका थिए, जसमा अणुवंसिक परिवर्तन भएको थियो । अनुसन्धानका क्रममा भिटामिन ए कम दिएर जन्मेको मुसाको बच्चाको मस्तिस्क विस्तारै सुस्त हुँदै गएको थियो ।

क्यानडास्थित युनिभर्सिटी अफ ब्रिटिश कोलबियाका प्रोफेशर बेहांग संङले भने, हाम्रो शोधबाट पत्ता लाग्यो कि गर्भअवस्थामा भिटामिन ए कमी हुँदा त्यसको प्रभाव शिशुको मस्तिष्क विकासमा पर्दछ । र दीर्घकालिन रुपमा गएर अल्जाईमर रोगको जोखिम पैदा गर्दछ । यो अनुसन्धान एक्ट न्युरोप्याथोलोजिकमा प्रकाशित छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *